• Wednesday 7th of October 2026

एक वर्षको उमेरमा नदीले बगाउँदै गर्दा माझीको जालमा परेर बाँचेका थिए गायक तिमिल्सिना


  • धनकुटा खबर
  • .

काठमाडौं । करिब ३६ वर्ष अगाडीको कुरा हो । कोशी नदीमा आएको बाढी सुनसरीको प्रकाशपुरको बस्तीमा पस्यो । बाढीले एक वर्षे शिशुलाई पनि सँगै बगाएर लग्यो । तल नदी किनारमा माझीले माछा मार्दै थिए । बाढीले एक जना शिशुलाई बगाएर ल्याउँदै थियो ।

अबोध शिशु बाढीसँगसँगै पल्टिँदै थिए । घटनाप्रति अन्जान माझीले माछा मार्न खोलामा जाल फ्याकेछन् । बाढीसँगै नदीमा बग्दै गएका ती शिशु अचनाक जालमा परेछन् । जुन शिशु बाढीसँगै नदीमा पल्टिँदै थिए ती शिशु प्रकाश तिमिल्सिना रहेछन् । जालमा शिशु परेपछि माझीले निकालेर कोसी अञ्चल अस्पताल र्पुयाए । हजुरआमाले प्रकाशलाई आफ्नो नाती भएको पहिचान गरिन् ।

२०४५ साल भदौ ५ गतेको कुरा हो । नेपालमा ठूलै भुकम्प आयो । उदयपुरको मुर्कुर्चीलाई केन्द्र बनाएर गएको ५दशमलव ५ म्याग्निच्युडको भूकम्पले कोसी नदीमा आएको बाढी सुनसरीको प्रकाशपुरमा पस्यो । जहाँ सोही बाढीमा परी उनका आमाबुबाले ज्यान गुमाएका थिए ।

प्रकाशका दिन सायद सकिएका थिएनन् । भगवनाको रुपमा फेला परेका माझीले उनलाई बचाएरै छाडे । त्यति धेरै ठूलो घटनाबाट प्रकाशको ज्यान बच्यो तर, उनले एक वर्षको उमेरमै दुवै आँखाको ज्योति भने गुमाए । हजुरआमाले प्रकाशलाई आफूसँगै राखेर पालनपोषण गरेर हुर्काइन् ।

संसारबाट विदा भए प्रकाश

एक वर्षको उमेरमै मृत्युको मुखबाट फर्केका प्रकाश अन्तत सधैंका लागि विदा भएका छन् । उनले कल्पनाको रंगीन संसार अनुमान गर्न मात्रै पाए । हिजो बेलुकी ललितपुरको भैँसेपाटीस्थित डेरामा उनी अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि आफन्तहरुले उपचारका लागि अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरे । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिता नेपाली तारा मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए ।

यसरी सुरु भयो सांगितिक यात्रा

तीन वर्षको उमेर हुँदा हजुरआमाले प्रकाशलाई एक जना लाहुरेको विहेमा लगेर गइन् । विहेमा गित बजिरहेको थियो । गीतको मेलोडीप्रति उनको लत बस्यो । त्यसपछि विस्तारै उनले गितमा रुचि राख्दै गए ।

समय वित्दै जाँदा उनलाई गित नसुनिकल खानै खान मन नलाग्ने समेत भएको थियो । जुन कुराले उनलाई विस्तारै सांगितिक यात्रातर्फ अघि बढाउँदै थियो । उनी पनि क्यासेट सँगसँगै गित गाउँथे । ठूलो हुँदै जाँदा उनलाई गीत गाउन लगाएर कसैले ५ रुपैयाँ दिन्थे भने कसैले १० रुपैयाँ ।

विस्तारै प्रकाशले गीत गाएर कमाएको पैसाले हजुरआमा र नातीलाई पुग्न थाल्यो । त्यसपछि उनले विस्तारै सांगितिक यात्राको सुरुवात गरे । सो क्रममा धेरै संकट दिनहरुको सामना गर्नुपरेको उनी बताउँथे । पछि नेपालका चर्चित गायक मध्यमा उनी चिनिन पुगे । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ, तिम्रो हातको सिन्दूर, जुन भन्दिन, नमान लाज यसरी, नआए नि हुन्थ्यो लगायतका गीतहरू चर्चित छन् ।-सिर्जना गोले/हाम्रो अपडेट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖