एएफसी च्यालेन्ज लिग अन्तर्गत प्लेअफमा घरेलु मैदानमा नै चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेपछि पारो एफसीका कप्तान केसुके होन्डाले कप्तानी जिम्मेवारीले आफै आश्र्चयमा परेको बताएका छन्।
खेलपछि उनले भने, ‘खेल निकै गाह्रो भयो। पहिलो पटक टोलीसँग खेलेको थिएँ। क्लबले एक जिम्मेवारी दिएको थियो, त्यो पूरा गर्न सकेकोमा खुसी लागेको छ।’
होन्डा १० दिन अघिमात्र टोलीसँग जोडिएका थिए। होन्डा अब नेपालबाटै जापान जानेछन्।
मंगलबार भएको खेलमा चर्च ब्वाइज पारो एफसीसँग २–१ गोल अन्तरले पराजित भएको हो। हारसँगै चर्च ब्वाइज प्लेअफबाटै बाहिरिएको छ।
चर्च ब्वाइजविरुद्धको जितसँगै पारो समूह चरणमा प्रवेश गरेको छ। समूह चरणको खेल तािलका एएफसीले केही दिनमा नै सार्वजनिक गर्नेछ।
