• Thursday 8th of October 2026

किशन भारतीय क्रिकेटमा फर्कदै


  • धनकुटा खबर
  • .

एजेन्सी – भारतीय क्रिकेटर‌ इशान किशनले आगामी बुची बाबु टुर्नामेन्टमा झारखण्डको नेतृत्व गर्ने भएका छन् । बुची बाबु प्रतियोगिता तमिलनाडुमा बिहीवार देखि सुरु हुँदैछ ।

यो कदमलाई विकेटकिपर ब्याट्सम्यानको फस्ट क्लास क्रिकेटमा पुनरागमनको पहिलो कदमको रूपमा हेरिएको छ।
किशनले २०२४–२५ को सिजनमा पनि रणजी ट्रफीमा पुनरागमन गर्ने अनुमान गरिएको छ । किसनको अन्तिम घरेलु प्रथम श्रेणी खेल डिसेम्बर २०२२ मा भएको थियो। किसन २०२३/२४ को घरेलु सिजनको अन्त्यतिर रणजी ट्रफीबाट हटेका थिए ।

यो उनको लागि महँगो साबित भयो । बीसीसीआईले उनलाई घरेलु क्रिकेटलाई प्राथमिकता नदिएको कारण सेन्ट्रल कन्ट्रयाक सूचीबाट हटाएको थियो ।

किशनको रेड बलको क्रिकेटमा पुनरागमन यस्तो समयमा भएको छ । जब भारत लामो टेस्ट सिजनमा जाँदैछ, जसमा आगामी पाँच महिनामा १० टेस्ट खेलहरू समावेश छन् ।

किशनले गत वर्ष वेस्ट इन्डिज भ्रमणका क्रममा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । ऋषभ पन्त डिसेम्बर सन् २०२२ मा कार दुर्घटनामा घाइते भएका थिए ।

जुलाई २०२३ मा क्यारेबियन भ्रमणको दोस्रो टेस्ट किशनको अन्तिम प्रथम श्रेणी खेल हो। उनलाई सन् २०२३–२४ को दक्षिण अफ्रिका भ्रमणका लागि पनि टेस्ट टोलीमा समावेश गरिएको थियो, तर उनले मानसिक थकानको कारण देखाउँदै उनलाई आराम दिइएको थियो ।

यसै वर्षको सुरुमा इंग्ल्यान्डविरुद्धको पाँच टेस्टको घरेलु शृंखलामा किशन टेस्ट पुनरागमनको लाइनमा थिए । तर किसनले प्रतियोगिताका लागि आफू तयार नभएको जानकारी चयनकर्तालाई दिएपछि मौका गुमाएका थिए ।

इंग्ल्यान्डविरुद्धको खेलमा विशेषगरी प्लेयर अफ द म्याच प्रदर्शनका क्रममा आफ्नो ब्याटिङ र किपिङबाट प्रभावित गरेका धुव्र जुरेलले भारतको टेस्ट क्रिक्रटमा किशनलाई पछि पारेका छन् ।

यस वर्ष ग्रेड सी को सम्झौता गुमाएका किशनले सन् २०२३ मा दुई टेस्ट, १७ ओडिआई र ११ टि ट्वान्टी आई खेलेका थिए । उनी सन् २०२३ को ओडिआई विश्वकपको फाइनलमा पुग्ने क्रममा भारतीय टोलीको हिस्सा पनि थिए । शुभमन गिल बिरामी हुँदा शीर्ष क्रमका दुई खेलमा खेलेका थिए।

किशनले अप्रिलमा भनेका थिए, ‘जब तपाईं ब्रेक लिनुहुन्छ, मानिसहरु यसको बारेमा धेरै गफ गर्छन्, उनीहरु सोसल मिडियामा धेरै कुरा भन्छन् । तर मलाई लाग्छ, सबै कुरा खेलाडीको हातमा हुँदैन भन्ने बुझ्नु जरुरी छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖