• Thursday 8th of October 2026

नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ ।

उनी सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) मा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् ।

काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेपछि निरुताको बढुवा भएको हो ।

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।

२०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर निरुता सिपाही बनेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖