• Thursday 8th of October 2026

रोनाल्डो चम्किँदा अल नासर फाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौं।पोर्चुलका कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।

प्रो लिग प्रतिद्वन्द्वी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो। १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे।

प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा गएराति भएको खेलको सातौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए। उनले रोनाल्डोको पासलाई सदुपयोग गरे।

पहिलो गोलका लागि सहायता प्रदान गरेका रोनाल्डोले ५७औं मिनेटमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे।खेलको अन्त्यतिर अल नासर १० खेलाडीमा समेटिन पुग्यो।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। तर, त्यसको असर अल नासरलाई यस खेलमा परेन।

अब अल नासरले उपाधिका लागि अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। गत सिजनको प्रो लिग, किङ्स कप र सुपर कप विजेता अल हिलालले अल एहेलीलाई टाइब्रेकरमा ४–१ ले पराजत गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖