काठमाडौं । डोटीमा बस दुर्घटना भएको छ ।
धनगढीबाट दिपायलका लागी छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस समुहागाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परी १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।