• Thursday 8th of October 2026

फ्रेन्च लिग वानमा पिएसजीको विजयी शुरुवात


  • धनकुटा खबर
  • .

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न यस सिजनको फ्रेन्च लिगको पहिलो खेलमा पिएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला र रांडल कोलो मुआनीले एक एक गोल गरेका थिए । त्यस्तै ले हार्भेका लागि एक गोल गाउटियर लिओरिसले गरेका थिए ।  

यो जित पछि पिएसजीले महत्वपूर्ण ३ अंक जोडेर सिजनको शुरुवात गरेको छ ।
   

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖