• Thursday 8th of October 2026

पूरा भएन रोनाल्डोको सपना


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ २ । साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ ।

गए राति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पहिलो हाफमा १–० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको थियो ।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ । त्यस्तै अल नासरले भने यो उपाधि २ पटक जितेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖