• Thursday 8th of October 2026

साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी कुशल देउबा गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी कुशल देउबाले गर्दैछन् ।

घरेलु फुटबल र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएका कुशललाई मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी दिएका हुन् ।

घरेलु मैदानमै हुने साफ यु(२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली टोलीको नेतृत्व गर्न पाउँदा कुशल खुशी छन् ।

साथै घरेलु मैदानमै हुने प्रतियोगितामा आफ्नो टिमलाई एकजुट बनाएर अघि बढाउने उनको लक्ष्य छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖