• Thursday 8th of October 2026

सन्दीप ब्रान्ड एम्बेसडर नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था ब्रिज इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

सोमबार ब्रिजका प्रमुख भुबन गिरी र सन्दीपबीच सम्झौतामा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्रिकेटर सन्दीपसॅंगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न थप प्रभावकरी हुने अपेक्षा संस्थाले राखेको छ ।

युवाहरुमा परिचित तथा प्रभावशाली रहेका क्रिकेटर सन्दीपले ब्रान्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्षको कार्यलाई विश्वसनिय रुपमा अगाडि बढाउन सक्षम हुनेछन् भन्ने ब्रिजको विश्वास रहेको छ ।

लामो समयदेखि शैक्षिक परामर्षको क्षेत्रमा कार्य गर्दै आईरहेको ब्रिजले नेपाली विद्यार्थीहरुलाई व्यक्तिगत शैक्षिक परामर्श, विदेशमा अध्ययन निर्देशन, र परीक्षण तयारी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖