• Thursday 8th of October 2026

मेसीले विश्वकप छनोट खेल गुमाउने


  • धनकुटा खबर
  • .

हेटौँडा । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत दुईवटा खेल गुमाउने भएका छन् ।

सेप्टेम्बर ५ मा हुने चिलीविरुद्धको खेल र १० मा हुने कोलम्बियाविरुद्धको खेलको प्रारम्भिक छनोटमा मेसी नअटाएपछि उनले दुई खेल गुमाउने पक्का भएको हो ।

गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वर्षीय मेसीलाई टिममा समावेश नगरिएको हो ।

उनी हाल अमेरिकामा रिकभरिको प्रयासमा छन् । टिममा प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलो पटक टिममा सामेल गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖