• Thursday 8th of October 2026

एक ओभरमा बन्यो ३९ रन, टी-२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान


  • धनकुटा खबर
  • .

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ३९ रन जोडेर सामोआले नयाँ विश्व कीर्तिमान बनाएको छ ।भानुआतुविरुद्धको खेलमा सामोआले उक्त सफलता प्राप्त गरेको हो ।सामोआले १५ औँ ओभरमा भानुआतुका नालिन निपिकोविरुद्ध उक्त रन जोडेको थियो ।

सामोआका डेरियस भिसरले उक्त ओभरमा ६ छक्का प्रहार गरेका थिए । फास्ट बलर निपिकोले तीन पटक नो बल फ्याँकेका थिए ।

एक ओभरमा सामाेआ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा क्रिकेटमा सर्वाधिक रन जाेड्ने टीम बनेकाे हाे ।

सन् २००७ मा भारतका युवराज सिंहले, २०२१ मा वेस्ट इन्डिजका कायरन पोलार्ड र यसै वर्ष नेपालका दीपेन्द्रसिंह ऐरीले पनि एकै ओभरमा ३६ रन जोडेका थिए । यी कुनै पनिमा अतिरिक्त रन थिएन।

भिसरले सुरुका तीन बलमा तीन छक्का प्रहार गरेका थिए। चौथो निपिकोले नो बल फ्याँकेपनि भिसरले रन लिएनन्। वैध चौथो बलमा उनले छक्का प्रहार गरे। पाचौँ बल भानुआतुले डट फ्याँकेको थियो।

तर छैटौँ बल निपिकोले दुईपटक नो बल फ्याँके। पहिलो नो बलमा भिसरले रन लिएनन् भने दोस्रो नो बलमा छक्का प्रहार गरेका थिए। उनले वैध छैटौँ बलमा पनि छक्का प्रहार गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖