• Wednesday 7th of October 2026

रोनाल्डोको युट्युब च्यानलले बनायो यति धेरै रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ – बुधबारबाट युट्टयुब च्यानल शुरु चर्चित फुटबलर क्रिश्चियानो रोनाल्डो अहिले च्यानललाई लिएर चर्चाको केन्द्रमा छन् ।

युट्युबमा एकै पटक १८ ओटा भिडिओ राखेर नयाँ परियोजनाका रूपमा उनले ‘योर क्रिश्चियानो’ युट्युब च्यानल सञ्चालनमा ल्याएका हुन् । जसले अहिले रेकर्डको वर्षा नै गरेको छ ।

उनले फेसबुक, इन्स्टाग्राम र एक्स अकाउन्टबाट युट्युब च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । त्यसको २२ मिनेटमै उनको च्यानलमा एक लाख सब्सक्राइबर पुगे । यससँगै यो च्यानल सबैभन्दा कम समयमा एक लाख सब्सक्राइबरको आँकडा पार गर्ने च्यानल बन्यो ।

त्यसको ९० मिनेटमै १० लाख बढी सब्सक्राइबर पुगेको यो च्यानलले सबैभन्दा कम समयमा १० लाख सब्सक्राइबरको आँकडा पार गर्ने अर्को रेकर्ड कायम गर्‍यो ।

त्यस्तै ४७ मिनेटको अवधिमा १० लाख सब्सक्राइबर पाएर अर्को रेकर्ड बनाएको यो च्यानलले एक घण्टामा १२ लाख ७० हजार सब्सक्राइबर पाएर एक घण्टामा सबैभन्दा बढी सब्सक्राइबर पाउने युट्युब च्यानलको रेकर्ड बनाएको छ ।

यो बाहेक १२ घण्टामै एक करोड बढी सब्सक्राइबर आएको यो पहिलो च्यानल बन्दा युट्युब भिडिओमा आउने भ्युज, लाइक, डिस्लाइक जस्ता विषयको रेकर्ड भने कायम गर्न सकेन । जुन सम्भावना समेत जीवित नै रहँदा रोनाल्डोको युट्युब च्यानलमा डेढ करोड सब्सक्राइबर पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖