• Wednesday 7th of October 2026

रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर


  • धनकुटा खबर
  • .

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो । अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यो खेलपछि दुवै क्लबले एक एक अंक हासिल गरेका छन् ।   

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖