• Wednesday 7th of October 2026

म्यानचेस्टर सिटीमै फर्किए इल्के गुन्डोगान


  • धनकुटा खबर
  • .

काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी फर्किएका छन् ।

गत सिजन म्यानचेस्टर सिटीबाटै ला लिगा क्लब बार्सिलोना पुगेका गुन्डोगान एकबर्षपछि फेरी म्यानचेस्टर सिटीमै फर्किएका हुन् ।

गुन्डोगान फ्री-ट्रान्सफरमा म्यानचेस्टर सिटी फर्किएका छन् । उनले बार्सिलोनामा नियमित खेल्न पाउने ग्यारेन्टी नभएपछि क्लब छोडेको बताएका छन् । बार्सिलोनामा एक बर्षमा ५१ खेल खेल्दै उनले ५ गोल गरेका थिए ।

त्यसअघि सात सिजन म्यानचेस्टर सिटीबाट खेलका गुन्डोगानले ३०४ खेल खेल्दै ६० गोल गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖