• Saturday 28th of November 2026

टिपर दुर्घटनाग्रस्त अवस्थामा फेला, फेला परेनन् चालक


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा एउटा टिप्पर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका–३ साततले नजिकैको भिरबाट रा १ क १२३८ नम्बरको टिपर दुर्घटनाग्रस्त अवस्थामा एक सय मिटर मुनी फेला परेको छ।

रोल्पाबाट चुनढुंगा बोकेर दाङको तुलसीपुर आउँदै गरेको टिपर दिउँसो पौने ३ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

हालसम्म खोजी गर्दा चालक फेला नपरेको थापाले बताए।

‘दुर्घटनास्थलमा खोजी गर्दा कुनै मानवीय क्षति भएको देखिएन,’ उनले भने, ‘चालक र सहचालक कोही सम्पर्कमा आएका छैनन्।’

चालकको खोजी भइरहेको उनले बताए। दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖