• Wednesday 7th of October 2026

कोहलीको जर्सी ६४ लाख रुपैयाँमा बिक्री !


  • धनकुटा खबर
  • .

काठमाडौं। केएल राहुल र उनकी पत्नी अथिया शेट्टीले ‘क्रिकेट फर च्यारिटी’ कार्यक्रमको आयोजना गरेका थिए।
जसमा धेरै ठूला अन्तर्राष्ट्रिय खेलाडीहरूले अक्सनका लागि आफ्नो संग्रह सहयोग गरेका थिए। उक्त च्यारिटी शोमा विराट कोहलीको जर्सी ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) बिक्री भएको छ।

अक्सनबाट एक करोड ९३ लाख भारु रुपैयाँ संकलन भएको छ। विराटको गल्भ्स पनि २८ लाख भारु (४४ लाख ८० हजार नेपाली रुपैयाँ) मा बिक्री भएको छ भने रोहित शर्माको ब्याट २४ लाख भारु (३८ लाख ४० हजार नेपाली रुपैयाँ) मा बिक्री भएको छ।

यस अवधिमा भारतीय पूर्वकप्तान धोनीको ब्याट पनि १३ लाख भारू (२० लाख ८० हजार नेपाली रुपैयाँ) मा बिक्री भएको थियो। राहुल द्रविडको ब्याट ११ लाख भारु (१७ लाख ६० हजार नेपाली रुपैयाँ) मा बिक्री भएको थियो भने केएल राहुलको जर्सी पनि सोही मूल्यमा बिक्री भयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖