• Wednesday 7th of October 2026

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध


  • धनकुटा खबर
  • .

काठमाडौँ । ब्राइटनले इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा जोआओ पेड्रोले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेका थिए । त्यसअघि खेलको ३२औं मिनेटमा ब्राइटनले डानी वेलब्याकको गोलमा शुरुवाती अग्रता लिएको थियो भने म्यानचेस्टर युनाइटेडले खेलको ६०औं मिनेटमा अमाद डिआल्लोको गोलमा खेल बराबरी गरेको थियो ।

यो जितपछि ब्राइटनले प्रिमियर लिगको नयाँ सिजन शानदार रुपमा शुरुवात गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । यो जितपछि ब्राइटनको २ खेलमा ६ अंक भएको छ । त्यस्तै नयाँ सिजनको पहिलो खेल जितेको म्यानचेस्टर युनाइटेडले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

यो हारपछि म्यानचेस्टर युनाइटेडको २ खेलमा ३ अंक रहेको छ ।
              

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖