• Wednesday 7th of October 2026

स्वरेजको दुई गोलमा इन्टर मियामी विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ ।

आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुइस स्वरेजले दुवै गोल गरेका थिए । स्वरेजले खेलको पहिलो र छैटौं मिनेटमा गोल गरेका थिए । यस खेलमा इन्टर मियामीले टोमस एविल्सले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि इन्टर मियामीको २६ खेलमा ५६ अंक भएको छ र एमएलएसको इस्टर्न कन्फेरेन्सको शिर्ष स्थानमा रहेको छ । त्यस्तै सिनसिनाटीको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
       

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖