• Wednesday 7th of October 2026

इटालियन सिरी ए मा युभेन्टसको लागातर दोस्रो जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए ।

नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो जितपछि युभेन्टसको २ खेलमा ६ अंक भएको छ । त्यसैगरी भेरोनाको भने २ खेलमा एक अंक रहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖