• Saturday 28th of November 2026

रामेछाप पहिरोमा परि बेपत्ता २३ वर्षीया युवतीको शव ४ दिनपछि फेला


  • धनकुटा खबर
  • .

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका- ३ लेखर्कमा यही भदाै ९ गते बिहान गएको पहिरोमा परेर बेपत्ता एक युवतीकाे शव फेला परेको छ।

पहिरोमा बेपत्ता तीन जनामध्ये बुधबार बिहान एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। योसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ।

नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा पहिरोले पुरेको अवस्थामा २३ वर्षीया बिन्दा पहरीको शव फेला परेको हो।

पहिराेमा परेर मृत्यु भएकाे अवस्थामा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव सोही दिन भेटिएको थियो। सोमबार ७५ वर्षीय पुड्की पहरीको शव फेला परेको थियो।

पहिरोमा अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा काले पहरी र झ्याउँकुरी पहरी छन्। पहिरोको कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖