• Saturday 28th of November 2026

समयमै उद्धार हुँदा बाँचे घरसहित सेती नदीमा बगेका करण


  • धनकुटा खबर
  • .

बझाङमा पहिराले घरसहित सेती नदीमा बगेका एक जनाको शकुसल उद्दार भएको छ।

छबिसपाथिभेरा गाउँपालिका -१ परिंगाल ३६ वर्षीय करण गिरि गएराति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा बगेका थिए।

रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले निदाइरहेका गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो।

सेती नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय र सुरक्षा कर्मीले उद्दार गरेका थिए।

पहिरोले नदीमा बगेका उनी घाइते भएका छन्।

करणको शरिरभर चोट लागेको छ। उनलाई उपचारका लागि बझाङको जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖