• Wednesday 7th of October 2026

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाले युरोपियन लिगमा खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन्।

ग्रिसको महिला सुपर लिगमा अञ्जिलाले क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन्। उनले एट्रोमिटोउसँग एक वर्षको सम्झौता गरेकी छन्।

यसअघि उनले भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन्। युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बनेकी छन्।

राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ पछि युरोपियन लिग खेल्ने अञ्जिला दोस्रो खेलाडी भएकी छिन्।

महिला सुपर लिग सेप्टेम्बर २९ बाट सिजन सुरु हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖