• Wednesday 7th of October 2026

एन्फा महिला लिग : बागमती, कोशी तथा वालिङ र कर्णाली भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । एन्फा महिला लिगमा आज (बिहीबार) दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा बागमती युवा क्लब र कोशी प्रदेश भिड्दैछन् । यो खेल दिउँसो १२ :३० बजे सुरु हुनेछ।

यी दुबै टोलीको दोस्रो जितको दाउमा हुनेछन् । पहिलो खेलमा कोशीले वालिङलाई ४–० तथा बागमतीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए।

यस्तै ४ :१५ बजे सुरु हुने खेलमा वालिङ र कर्णाली प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा वालिङ कोशीसँग पराजित भएको थियो भने कर्णाली चन्द्रपुरसँग १–१ को बराबरी खेलेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖