• Wednesday 7th of October 2026

विश्वकप छनोट : चिलीविरुद्ध अर्जेन्टिना विजयी


  • धनकुटा खबर
  • .

हेटौँडा । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ ।

विश्वकप छनोटमा सातौँ जित पार्ने क्रममा अर्जेन्टिनाले चिलिलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

कोलम्बियामा भएको खेलमा अर्जेन्टिनाका लागि ४८औँ मिनेटमा एलिस्टरले गोल गर्दै अग्रता दिलाएका थिए ।

अल्भारेजले ८४औँ मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै डिबालाले अर्जेन्टिनालाई सहज जित दिलाए ।

जित पछि १० टोली सहभागी छनोटमा १८ अंकका साथ अर्जेन्टिना शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖