• Wednesday 7th of October 2026

श्रीलंकाको एलएल टिमसँग नेपालको हार


  • धनकुटा खबर
  • .

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको एकदिवसीय सिरिजको तयारीका श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यास खेलमा स्थानीय एसएल डेवलभमेन्ट टिमसँग पराजित भएको छ।

शुक्रबार श्रीलंकाको थ्रुस्टन कलेज मैदानमा भएको खेलमा नेपालमाथि एसएलले ५ विकेटको जित निकाल्यो।

नेपालले दिएको १६० रनको लक्ष्य एसएलले २६.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि सन्जुलाले सबैभन्दा बढी ६८ रन बनाए।

बलिङमा नेपालका कप्तानको भूमिकामा रहेका सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए। ललितनारायण राजवंशीले १ विकेट लिए।

त्यसअघि एसएलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिले ब्याटिङ गरेको नेपाल ४० ओभरमा १५९ रनमा अलआउट भयो।

नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ४३ रन र कुशल मल्लले ५५ बलमा ३५ रन बनाए। आरिफ शेखले २० रन र करण केसीले १५ रन जोड्दा नेपालका ७ ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा एसएलका गरुका संकेतले ७ ओभरमा ३९ रन खर्चिदा ४ विकेट लिए।

श्रीलंकमा अब केही दिन तयारी गरेपछि नेपाल क्यानडा जानेछ। क्यानडाको ओन्टेरियोमा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।

दुवै सिरिजमा नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ।

नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖