• Wednesday 7th of October 2026

विश्वकप छनोटमा ब्राजिलको पुनरागमन


  • धनकुटा खबर
  • .

काठमाडौं। रियाल मड्रिडका फरवार्ड रोड्रिगोको गोलको मद्दतमा ब्राजिलले इक्वेडरमाथि १–० को फराकिलो जित निकाल्दै दक्षिण अमेरिकी विश्वकप छनोटमा पुनरागमन गरेको छ।

तीन खेलमा लगातार हार बेहोरेको पाँच पटकको विश्वकप विजेता ब्राजिलले जित हात पार्न निकै संघर्ष गर्नुपरेको थियो। यो जितसँग ब्राजिल १० अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । यद्यपि, ब्राजिल शीर्ष स्थानमा रहेको अर्जेन्टिनाभन्दा ८ अंकले पछि छ। छैटौं स्थानमा रहेको इक्वेडर भने ब्राजिलभन्दा दुई अंकले पछि परेको छ ।

कोपा अमेरिकाको क्वार्टरफाइनलमा उरुग्वेसँग निराशाजनक हार बेहोरेपछि पहिलो खेल खेलेको ब्राजिलले बल पोजिसनमा कब्जा जमाए पनि खेलअवधिभर उत्कृष्ट अवसर सिर्जना गर्न असफल भयो ।

पहिलो हाफको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ‘हामीलाई यो जित चाहिएको थियो। म जितबाट खुसी छु,’ रोड्रिगोले ब्राजिलियन टिभी ग्लोबोलाई भने।

ब्राजिलले मंगलबार असुन्सिओनमा पाराग्वेको सामना गर्नेछ भने इक्वेडरले सोमबार क्विटोमा पेरुको सामना गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖