• Wednesday 7th of October 2026

रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलको जित


  • धनकुटा खबर
  • .

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको पोर्चुगलले खेलको दोस्रो हाफमा दुवै गोल गरेर जित हासिल गरेको थियो ।

पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । फेर्नानडेजले खेलको ५४औं र रोनाल्डोले खेलको ८८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै स्कटल्याण्डका लागि स्कट म्याकटोमिनीले गोल गरेका थिए ।

यो जितसँगै पोर्चुगलले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र समुह एक मा ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖