• Wednesday 7th of October 2026

मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई पराजित गर्दै मलेसिया एसियाली तथा पुर्वी एसियाली छनोटका लागि छानिएको हो ।

विश्वकपको एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटमा ९ टोलीको सहभागीता रहनेछ । सन् २०२४ को टि ट्वान्टी विश्वकपमा सहभागीता जनाएको आधारमा नेपाल, पपुवा न्यु गिनी र ओमानले छनोटको फाइनल चरणका लागि सिधै छानिएका थिए । अन्य ६ टोलीले भने विभिन्न उपक्षेत्रीय छनोट पार गरेर आउनु पर्ने हुन्छ ।

पुर्वी एसिया प्रशान्त क्षेत्रबाट समूह ए छनोटबाट समाओ छनोट भई सकेको छ । समूह बी को छनोट भने सेम्टेम्बरको अन्तिममा हुनेछ । एसियामा पनि उपक्षेत्रीय छनोटमा समूह ए र बी रहेका छन् ।

एसियाका उपक्षेत्रीय छनोटमा हरेक समूहबाट समान २ राष्ट्र छनोट हुनेछन् । समूह एबाट मलेसिया छनोट भईसकेकोमा आजनै हुने कुवेत र हङकङबीचको विजेता पनि छनोट हुनेछ । एसियाको समूह बी को छनोटको भने मिती र स्थान तय भएको छैन ।

एसियाली छनोटमा ९ देशको सहभागीता रहने र शीर्ष ३ राष्ट्र विश्वकपका लागि छनोट हुनेछन् । सन् २०२६ को टि ट्वान्टी विश्वकप भारतमा आयोजना हुदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖