• Wednesday 7th of October 2026

इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए


  • धनकुटा खबर
  • .

काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका छन् । मोइन अली सन् २०२४ मा खेलिएको टी–२० विश्वकपमा इङ्ल्यान्ड क्रिकेट टोलीका सदस्य थिए ।

सन्यासको घोषणा गर्दै मोइनले भने, ‘म ३७ वर्षको भएँ र अर्को महिना अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागि पनि छनोट भएको छैन । मैले इंग्ल्याण्डका लागि धेरै क्रिकेट खेलेको छु। अब अर्को पुस्ताको लागि समय आएको छ। मैले मेरो भाग गरेको छु र यो बिदाइ गर्ने समय हो।’

आफ्नो अन्तर्राष्ट्रिय करियरमा मोइनले इंग्ल्याण्डका लागि ६८ टेस्ट खेल खेलेका छन्। जसमा उनले ३०४९ रन बनाएका छन् भने २०४ विकेट समेत लिएका छन् ।

जहाँ मोइनले १३८ एकदिवसीय खेलमा २३५५ रन बनाएका छन् भने १११ विकेट लिएका छन् । टी–२० मा मोइनले ९२ खेलमा १२२९ रनसहित ५१ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖