• Wednesday 7th of October 2026

चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध


  • धनकुटा खबर
  • .

काठमाडौं। चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ फुटबल एसोसियंसाले दुई बर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरुलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ भएको जनाएको छ, जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ।

प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पुर्व तीन खेलाडी सामेल छन्। जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । उनीहरुलाई आजीवन प्रतिबन्ध लगाइएको छ।

दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए।

एसोसियसनका अध्यक्ष संग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच बर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन्।

यस अघि अगस्तमा पुर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ बर्षको जेल सजायमा पठाइएको थियो भने एसोसियसनका पुर्व अध्यक्षलाई गत मार्चमा आजीवन काराबासमा पठाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖