• Wednesday 7th of October 2026

एन्फा महिला लिगमा आज पनि दुई खेल हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । एन्फा महिला लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
बिज्ञापन

आर्मीले आफ्ना तीनमध्ये २ खेलमा जित र एकमा हारको नतिजा निकालेर ६ अंक जोडेको छ। बागमतीले यसअघि एक खेलमा मात्र जित निकालेको छ। यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

एपीएफले तीन खेलमध्ये २ मा जित र एकमा बराबरी खेल्दै ७ अंक जोड्दा वालिङ नगरपालिकाले समान तीन खेलमा २ जितसहित ६ अंक जोडेको छ।

यसअघि बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई २-० ले हराउँदै संकटाले पहिलो जित निकालेको थियो। पहिलो खेलमा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले कोशीलाई ४-० को जित निकालेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖