• Wednesday 7th of October 2026

क्रिकेटर युवराज सिंहको बायोपिकमा फातिमा


  • धनकुटा खबर
  • .

भारतीय क्रिकेटर युवराज सिंहको बायोपिक बन्ने भएको छ।

सन् २०११ मा क्यान्सर जस्तो गम्भीर बिमारीसँग लड्दै युवराजले टीम इन्डियाको वान-डे वर्ल्ड कपको उपाधि जितेका थिए। उनको बायोपिक बनाउने जिम्मवारी भूषण कुमारले लिएका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्ममा फातिमा सना शेखको मुख्य भूमिका रहनेछ। फातिमाले ‘दंगल, लूडो, अजीब दास्ता, साम बहादुर’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्।

युवराज सिंहको भूमिकाका लागि दुई अभिनेता दावेदार छन्- एक हुन् रणवीर सिंह र अर्काे विक्की कौशल। रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरिसकेका छन्।

निर्माताले अहिलेसम्म निर्देशक र अन्य कलाकारको बारेमा जानकारी दिएका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖