• Wednesday 7th of October 2026

आइसीसी लिग-२: नामिबियामाथि अमेरिका ६ विकेटले विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिवियाले ५० ओभरमा ९ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

यो लिग-२ मा अमेरिकाको पाँचौं खेलमा तेस्रो जित हो । यो खेलपछि अमेरिकाको ५ खेलमा ६ अंक रहेको छ र पाँचौं स्थानमा छ । त्यस्तै नामिबियाको भने ९ खेलमा ८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

अब अमेरिकाले अर्को खेल बुधबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ भने नामिबियाले आगामी शुक्रबार युएईकै सामना गर्ने छ ।
  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖