• Wednesday 7th of October 2026

रिकी पोन्टिङ पन्जाब किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं। अष्ट्रेलिया पूर्वकप्तान रिकी पोन्टिङ इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली पन्जाब किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । पोन्टिङले सन् २०१८ देखि २०२४ सम्म दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षकमा काम गरेका थिए ।

तर गत सिजनपछि उनले दिल्ली छाडेका थिए । उनको प्रशिक्षणमा २०२० को आईपीएलमा दिल्ली आफ्नो इतिहासमा पहिलो पटक फाइनल खेलेको थियो । त्यस्तै २०१९, २०२० र २०२१ मा दिल्लीले प्लेअफ यात्रा तय गरेको थियो । तर २०२२ को मेघा अक्सनपछि भने दिल्लीले राम्रो गर्न सकेको थिएन ।

उनी विश्व क्रिकेट इतिहासकै एक सफल ब्याटर, कप्तान र प्रशिक्षकको रुपमा चिनिन्छन् । उनको कप्तानीमा अष्ट्रेलियाले सन् २००३ र २००७ मा लगातार दोस्रो पटक एकदिवसीय विश्वकप उपाधि जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖