• Wednesday 7th of October 2026

नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै, दुबै कुशल र दीपेन्द्र बेन्चमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

दुबै कुशल र दीपेन्द्र बेन्चमा

बुधबारको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ ।

पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा राखेको छ ।

नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖