• Wednesday 7th of October 2026

महिला भलिबल लिगका लागि चितवन शक्तिले ल्यायो रसियन स्पाइकर


  • धनकुटा खबर
  • .

एभरेस्ट वुमन्स भलिबल लिग (इडब्लूभिएल) का लागि चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई आबद्ध गरेको छ।

यसअघि आबद्ध भएकी अजरबैजानकी केन्सिया पावेल्निको टिममा आउन नसक्ने भएपछि चितवनले उनको स्थानमा प्रतिस्थापन गरेको हो।
२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन्। उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन्।

उनको उपस्थितिले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्तिको छ।

यसअघि चितवनले भारतीय मिडलब्लकर सूर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरेको थियो। अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन्।

चितवनमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖