• Tuesday 6th of October 2026

यसकारण पानीपुरी खानु स्वास्थ्यको लागि हानिकारक


  • धनकुटा खबर
  • .

पानीपुरी भारतबाट आएको एक लोकप्रिय रहेको खाजा हो । जसमा अमिलो पानीपुरी, गुलियो पानीपुरी, र पिरो पानीपुरी सबैभन्दा लोकप्रिय मान्ने गरिन्छ।

पानी पुरीलाई थप चटपटिलो बनाउनको लागि यसमा आलु, प्याज, खुर्सानी, मटरले बनेको चोखा (अचार) आधा राखेर तित्रीको पानीले पुरै भर्ने गरिन्छ।

यस बाहेक भिन्न प्रकारको पानीपुरी जसमा अदुवा र तित्रीको झोल, गुलियो झोल, गुलियो गुलाब पानी र दहीको झोलसँग भरेर समेत बनाइने गरिन्छ।

हामीकहाँ पानीपुरी खानु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । के त्यसो भए पानीपुरी अस्वस्थ्यकर खानेकुरा हो ?

पक्कै होइन । पानीपुरीलाई स्वस्थ्यकर ढंगले बनाउने र खाने हो भने यसले स्वास्थ्यलाई कुनै हानी गर्दैन । यद्यपी हामी बजारमा उपलब्ध पानीपुरी खान्छौँ । त्यसमा पनि सडक किनारमा राखिएको । ती पानीपुरी बनाउने तौर-तरिका स्वस्थ्यकर छैनन् ।

पुरी बनाउनेदेखि आलु मिश्रण गर्ने वा इमली बनाउने सबै कुरा अस्वस्थ्यकर ढंगले गरिन्छ । त्यही कारण त पोषणविदहरुले बेलाबखत पानीपुरीले स्वास्थ्य बिग्रने चेतावनी दिदै आएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖