• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ ।

प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूलाई निगरानीमा मात्र राखेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖