काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले शुक्रबार नियमित पत्रकार ब्रिफिङका क्रममा आगामी मङ्सिरमा हुन लागेको भ्रमणको तयारी द्रुत गतिमा अघि बढिरहेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शाह मङ्सिर ६ गते भारत भ्रमणमा जाने प्रस्ताव रहे पनि मिति भने निश्चित भइनसकेको उनले स्पष्ट पारे।
भ्रमणका क्रममा उठाइने विषयवस्तु र एजेन्डाबारे परराष्ट्र मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि प्रवक्ता अर्यालले बताए।
यसैबीच, भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीपछि उद्धार तथा राहत कार्यमा भारतले पहिलो उद्धारकर्ताका रूपमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेको पनि अर्यालले जानकारी दिए।
