• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

सिंहदरबारभित्रै गाडीको ठक्करबाट सांसद घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै सुरक्षा र सवारी नियम पालनाको अवस्थालाई लिएर गम्भीर प्रश्न उठेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ।

मन्त्रालयअगाडिको जेब्रा क्रसिङमा बाटो काट्ने क्रममा सल्लाहकार निधिको गाडीले सांसद गैरेलाई ठक्कर दिएको प्रहरीले बताएको छ । सडक पार गर्न हातको इसारा गर्दागर्दै पनि गाडीले ठक्कर दिएपछि उनी भुइँमा लडेर सामान्य घाइते भएकी छन्।

यातातयात सुरक्षा र सडक नियमको तर्जुमा गर्ने मुख्य जिम्मेवारी सम्हालेका पूर्वाधार मन्त्रालयका विज्ञ सल्लाहकारकै गाडीले सिंहदरबारको संवेदनशील र सुरक्षित मानिने परिसरभित्रै जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिनुलाई गम्भीर लापर्बाहीका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖