• Wednesday 7th of October 2026

वर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अङ्क बाँडे


  • धनकुटा खबर
  • .

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्द भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि रद्द भएको हो । खेल रद्द भएपछि नेपाल र ओमानले एक एक अङ्क बाँडेका छन् ।

योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।

लिग- २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अङ्कसहित सातौँ स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अङ्क रहेको छ र छैटौँ स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖