• Wednesday 7th of October 2026

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । 

बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो । 

नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए । यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।

यो जितपछि समुह बी बाट नेपाल उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट पाकिस्तान विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समुह बी मा तेस्रो हुदै बाहिरिएको छ ।

अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ ।  सेमिफाइनल खेल शनिबार हुने छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖