• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

कोशी सहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा


  • धनकुटा खबर
  • .

काठमाडौं- लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरूमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कनकाई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढीले खतरा तह पार गरिसकेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖