• Wednesday 7th of October 2026

एएफसी यू-२०: नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल


  • धनकुटा खबर
  • .

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल बहराइनसँग पराजित भएको छ । 

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो । 

यो हारपछि नेपालको एशियन कपमा छनौटको सम्भावना सकिएको छ ।

नेपालले यसअघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।

त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।
   

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖