• Saturday 28th of November 2026

नारायणी नदीको बाढी इतिहासकै उच्च विन्दुमा, उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध


  • धनकुटा खबर
  • .

चितवन : लगातरको मुसलधारे वर्षाका कारण बुधबार बिहान नारायणी नदीको बाढी इतिहासकै उच्च विन्दुमा पुगेको छ । जलमापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ ।

जलमापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो । यस अघि असार असार २२ गते १) मिटर ४६ सेन्टिमिटर पुगेको थियो । नदीमा यति धेरै पानी बगेको यस अघि भएपनि यस क्षेत्रमा बस्ने अधिकाँशलाई यो बारेमा थाहा छैन् ।

नारायणगढ बजारका पुराना बासिन्दा के एल भुषणले भने २)१८ सालमा यस्तै प्रकृतिको बाढी आएको बताउँछन् । ठ्याकै भन्न त कसरी सकिन्छ र तर, मलाई लाग्छ २)१८ सालको बाढी यो भन्दा कम थिएन ।

नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ । मापन अनुसार सात मिटर ३) सेन्टिमिटर सहत पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको ?पमा लिने गरिन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जलमापन केन्द्रले दिएको उक्त जानकारीलाई आधार मान्दै नदी किनारका बस्तीका बासिन्दालाई सचेत रहन आग्रह गरिएको र जिल्ला स्थित विपद व्यवस्थापन टीम तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिए ।

लगातार परेको पानीले चितवनको अधिकाँश क्षेत्र जलमग्न बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖