काठमाडौं । नेकपा एमालेले बाढी, पहिरो पीडित नागरिकको उद्धारमा खट्न पार्टी पङ्तीलाई निर्देशन दिएको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढी पहिरोका कारण समस्यामा परेका जनताको उद्धार र राहतमा सरकारी संयन्त्रसँगै समन्वय गरेर जुट्न पार्टी पङ्तीलाई आह्वान गर्नुभएको हो ।
पार्टीका कार्यवाहक अध्यक्ष पोखरेलले शनिवार साँझ वक्तव्य जारी गरी सरकारका सबै निकायको समन्वयात्मक परिचालनका लागि पनि आग्रह गर्नुभएको छ । उहाँले एमालेका सबै तहका कमिटी, जनप्रतिनिधि र जनवर्गीय संगठनहरुलाई परिचालित हुन निर्देशन दिनुभएको छ ।
पोखरेलले अन्य राजनीतिक दलका साथै सामाजिक संघ संस्थाहरुलाई पनि राहत तथा उद्धारमा परिचालित हुन अनुरोध गर्नुभएको छ ।
