• Wednesday 7th of October 2026

क्यानडाबाट सन्दीप लामिछानेले गरे यस्तो अपिल


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले देशभरि अविरल वर्षाको कारण उत्पन्न भएको विपत्तिको मिलेर सामना गर्नुपर्ने बताएका छन् ।

क्यानडाबाट सन्देश प्रवाह गर्दै उनले अहिलेको यो विनाश र अपूरणीय क्षति आफूहरुको लागि निकै पीडादायक रहेको उल्लेख गर्दै साहस र एकताले ती कठिनाइहरु पार गर्न सकिने बताएका छन् । उनले अहिले सबैलाई सहारा र माया दिँदै एकअर्काको हात समाउँदै अगाडि बढ्ने बेला भएको पनि बताएका छन् ।

उनले आफूहरु (खेलाडी) ले पनि सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । लामिछानेले लेखेका छन्–

प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

हालैको बाढीले ल्याएको दुःखद क्षणमा, मेरो मन तपाईंहरूसँग छ। यो विनाश र अपूरणीय क्षति हाम्रा लागि निकै पीडादायक छ, तर हाम्रो साहस र एकताले हामीलाई यी कठिनाइहरू पार गर्न मद्दत गर्नेछ। सबैलाई सहारा र माया दिँदै, एकअर्काको हात समाउँदै अगाडि बढ्ने बेला यही हो।

हाम्रो राष्ट्रिय टोली अहिले क्यानडामा भए पनि, हाम्रो चिन्ता र माया नेपालका सम्पूर्ण जनताका लागि सधैं छ। बाढीपीडित सबैले चाँडै शान्ति र सुरक्षा पाउन सकून् भन्ने मेरो कामना छ। हामी सकेसम्म सहयोग गर्न हरदम तयार रहौं। एकअर्कालाई सहारा दिँदै अघि बढौं। बलियो बनिरहनुहोस्,

सन्दिप लामिछाने

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖