नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दैछ ।
किंग सिटीमा भएको टसमा घरेलु टोली क्यानडाका कप्तान निकोलस किर्तोनले जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । देव खनाल र रिजन ढकाल बेन्चमा छन् । सोमपाल कामी र ललित राजवंशी आज नेपालको प्लेइङ ११ मा छन् ।
नेपाल पहिलो खेलमा १४ रनले क्यानडासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।
