• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

मुग्लिनमा रवि लामिछानेविरूद्ध नाराबाजी


  • धनकुटा खबर
  • .

चितवन । चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शिव शिखर र साहारा चितवन सहकारीका पीडितले नाराबाजी गरेका छन्।

शुक्रबार चितवन क्षेत्र नम्बर-२ को इच्छाकामना गाउँपालिकामा रास्वपाले सार्वजनिक सुनुवाई गरेको केहीबेर पछि सहकारी पीडितले नाराबाजी गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले मुग्लिनमा सहकारी पीडितले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको जानकारी पाएको बताए।

लामिछाने शुक्रबार तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन इच्छाकामनामा पुगेका थिए।

रास्वपा चितवनका संयोजक कृष्णप्रसाद भुषालले स्थानीयले नभई बाहिरका मान्छेहरूले नाराबाजी गरेको बताए।

सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा कालो फ्लेक्समा सहकारी पीडितको रकम फिर्ता गर्न माग गरी प्रदर्शन गरेको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖